+
Search

ताजा अपडेट +

पपुलर +

कतारको राजधानी दोहामा अमेरिका र इरानबीच अप्रत्यक्ष प्राविधिक वार्ता

शब्द-यात्रा
२०८३ असार १७, बुधबार

कतारको राजधानी दोहामा अमेरिका र इरानका अधिकारीहरूबीच अप्रत्यक्ष तथा तल्लो तहको प्राविधिक वार्ता भइरहेको छ ।

दुवै देशका प्रतिनिधिहरू प्रत्यक्ष रूपमा आमनेसामने बसेका छैनन् । वार्ता कतार र पाकिस्तानका मध्यस्थकर्तामार्फत अघि बढाइएको वार्ताबारे जानकारी राख्ने एक कूटनीतिक स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

स्रोतका अनुसार अमेरिकी विशेष दूत स्टिभ विटकफ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर भने वार्तामा प्रत्यक्ष सहभागी छैनन् । उनीहरूले मंगलबार कतारका प्रधानमन्त्रीसँग भेट गरी अप्रत्यक्ष वार्ताका लागि आवश्यक आधार तयार पार्ने विषयमा छलफल गरेका थिए ।

यद्यपि वार्ताको एजेन्डा वा सम्भावित सहमतिबारे कुनै आधिकारिक विवरण सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा