+
Search

ताजा अपडेट +

पपुलर +

खामेनेईको अन्तिम बिदाई कार्यक्रम जारी

शब्द-यात्रा
२०८३ असार २०, शनिबार

तेहरान । इरानका पूर्वसर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको अन्तिम बिदाइको कार्यक्रम सुरु भएको छ।

खामेनेईप्रति श्रद्धाञ्जलि अर्पण गर्न इरानका राष्ट्रपति मसुद पेजेस्कियान लगायत देशका उच्च नेतृत्व शुक्रबार तेहरान पुगेका छन्।

यद्यपि, सुरक्षा कारणवश आयातोल्लाह अली खामेनेईका छोरा मोजताबा खामेनी भने यसमा अझै सहभागी भएका छैनन्।

अन्त्येष्टि समारोहमा १०० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी भएका छन् । यद्यपि, रुस, चीन, भारत र टर्कीजस्ता राष्ट्रका शीर्ष नेताहरू भने अनुपस्थित रहेका छन् । इरानबाट निमन्त्रणा पाए पनि उनीहरूले तल्लो तहका प्रतिनिधिहरू मात्र पठाएका छन् ।

यद्यपि, पाकिस्तान, इराक, आर्मेनिया, ताजिकिस्तान र जर्जियाजस्ता देशका शीर्ष नेताहरू यस समारोहमा सहभागी भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा