तेहरान । इरान र अमेरिकाबीच जारी युद्ध थप चर्किदै गएको छ। सोमबारसम्म दुवै पक्षले एकअर्काविरुद्ध मिसाइल, ड्रोन र हवाई आक्रमण तीव्र बनाएका छन्।
इरानले खाडी क्षेत्रका विभिन्न अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको दाबी गरेको छ भने अमेरिकाले इरानका हवाई प्रतिरक्षा प्रणाली, मिसाइल क्षमता र सैन्य पूर्वाधारमाथि व्यापक आक्रमण गरेको जनाएको छ।
यससँगै स्ट्रेट अफ होर्मुजको तनाव पुनः बढ्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ।
प्रतिक्रिया