काठमाडौं । अमेरिकाले इरानमाथि थप आक्रमण गरिरहँदा हुथीहरूले तेल ट्यांकरमा आक्रमण गरेको दाबी गरेका छन्।
इरानमाथि अमेरिकाले लगातार १२औँ रात हवाई आक्रमण गरिरहँदा यमनका हुथी विद्रोहीहरूले लाल सागरमा साउदी अरबका दुईवटा तेल ट्यांकरमाथि आक्रमण गरेको दाबी गरेका हुन्।
उता, इरानको सरकारी सञ्चारमाध्यमका अनुसार बुधबार भएको अमेरिकी आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने होर्मुज जलसन्धिमा रहेको बारुदी सुरुङ बिछ्याइएको मार्गमा भएको विस्फोटमा एउटा ट्यांकरमा आगलागी भएको छ।
पछिल्लो चरणको आक्रमणअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका थिए कि यदि इरानले जलसन्धिमा कुनै जहाजमाथि आक्रमण गरेमा इरानको पुल वा विद्युत केन्द्र ध्वस्त पारिनेछ र हुथीहरूले लाल सागर अवरुद्ध पारेमा उनीहरूलाई ठेगान लगाइनेछ।
प्रतिक्रिया