+
Search

ताजा अपडेट +

पपुलर +

‘राजेश ढुंगानाको मुटु फलाम भएर’ लोकार्पित

शब्द-यात्रा
२०८३ जेठ ३१, आइतबार

काठमाडौँ। अग्रज कवि राजेश ढुंगानाको नविनतम् कवितासङ्ग्रह ‘मुटु फलामको भएर’ को लोकार्पण भएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा रोचक घिमिरे, कृष्ण धारावासी, प्रा.डा.लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ रोदन, पवन आलोक, कवि ढुंगाना दम्पति लगायतले कृति लोकार्पण गरे ।

प्रमुख अतिथि वरिष्ठ साहित्यिक एवं पत्रकार रोचक घिमिरेले कृतिकारलाई बधाई दिँदै पुराना दिनहरू स्मरण गरे । प्राडा गौतमले कवि ढुंगानामा मितव्ययी भाषामा गहिरो कुरा भन्न सक्ने सामर्थ्य भएका कविको रूपमा आफूले पाएको बताए । कवि विन्दास स्वभावका रहेकोमा उनले जोड दिए ।

साहित्यकार धारावासीले राजेशसँग विताएका बाल्यकालीन दिनहरू समेत स्मरण गरे । उनले भाँचिन तयार हुने तर ननिहुरिने प्रजातान्त्रिक चेत बोकेका कविको रुपमा ढुंगानाको व्यक्तित्वको चर्चा गरे ।

नेपाल स्रष्टा समाज केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रममा सभाध्यक्षको मन्तव्य राख्दै समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले छोटा कवितामा पनि शक्ति हुन्छ भन्ने कुरा राजेशका कविताले पुष्टि गरेको बताए । उनले वर्तमान समयमा नेपाली साहित्य क्षेत्रमा देखिएका विकृतिप्रति लक्षित गर्दै पुरस्कार र सम्मानको नाउँमा अस्वस्थ्य प्रतिष्पर्धा देखिएको बताए ।

मधु पाठकको सञ्चालनमा भएको उक्त कार्यक्रममा तारा सुवेदीले स्वागत मन्तव्य व्यक्त गरिन् ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा