काठमाडौँ । सिमरा विमानस्थलमा आजका लागि निर्धारित सबै उडान रद्द गरिएको छ ।
त्रिवि अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार विमानस्थल क्षेत्रमा तनाव बढेसँगै आजका लागि निर्धारित उडानहरू रद्द गरिएका हुन् ।
आज बुद्ध एयरले उडानमा एमालेका नेताहरू महेश बस्नेत र शंकर पोखरेल बारा जाने तय भएको थियो । तर सो जहाज धावनमार्ग नपुग्दै फर्काइएको छ । अहिले बारामा कर्फ्यु आदेश जारी भएको छ ।
प्रतिक्रिया