काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा लुम्बिनी लायन्सले शानदार जीतसाथ प्रतियोगिताको सुरुवात गरेको छ।
बिहीबार सम्पन्न खेलमा लुम्बिनीले चितवन राइनोसलाई ६ विकेटले हराउँदै विजयी सुरुवात दर्ता गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रनको मध्यमयोग्य योगफल बनायो। उसकी तर्फबाट रभि बोपराले सर्वाधिक ६६ रनको उत्कृष्ट पारी खेले भने देव खनालले १४, कुशल मल्लले २१ र साइफ जाइबले १५ रन जोडे।
लुम्बिनीका बलरमध्ये रुवेन ट्रम्पलमेन सर्वाधिक सफल रहे, उनले ३ विकेट लिए। त्यस्तै अभिषेक गौतम र गुल्बादिन नाइबले २–२ विकेट हात पारे।
१ सय ४३ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको लुम्बिनीले १८.३ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य पार गर्न सफल भयो। कप्तान रोहित पौडेलले ३९ रनको योगदान दिए भने गुल्बादिन नाइबले अविजित ४४ रन बनाए। सन्दीप जोराले २८ रन जोडे, ड’यार्सी सर्टले ११ तथा दिलिप नाथले १० रन बनाए।
चितवनको यो दोस्रो पराजय हो। यसअघि उसले कर्णालीसँग समेत हार व्यहोरेको थियो।
प्रतिक्रिया