+
Search

ताजा अपडेट +

पपुलर +

एमालेले आज भृकुटीमण्डपमा बृहत् जनप्रदर्शन गर्दै

शब्द-यात्रा
२०८२ मंसिर ६, शनिबार

काठमाडौँ । आज नेकपा एमालेले बृहत् जनप्रदर्शन र जनसभा गर्ने भएको छ ।

एमालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार शनिबार काठमाडौँको भृकुटीमण्डपमा शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा गर्न लागिएको हो ।

जनप्रदर्शन र जनसभा एमाले बागमती प्रदेश कमिटीको आयोजनामा बिहान ११ बजे सुरु हुने भनिएको छ । एमालेले पहिलो चरणमा गत कात्तिक २२ गते देशैभरका वडास्तरीय भेला गरेको थियो भने २५ गते अधिकांश पालिकाहरूमा जनप्रदर्शन गरेको थियो । यस्तै, मंसिर ५ गते शुक्रबार ‘नेशनल भोलेन्टियर्स फोर्स’को घोषणा गरी जनप्रदर्शन समेत गरेको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा