+
Search

ताजा अपडेट +

पपुलर +

मकवानपुरमा औषधि बोकेको ट्रक दुर्घटना

शब्द-यात्रा
२०८२ मंसिर ६, शनिबार

काठमाडौँ । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–८, बगुवा स्थित कान्तिलोकपथ सडकखण्डमा आज बिहान ट्रक दुर्घटना भएको छ।

वीरगञ्जबाट काठमाडौँतर्फ औषधि लोड गरी आइरहेको ना ३ ख ३१९२ नम्बरको ट्रक आज बिहान करिब ५ बजेको समयमा अचानक ब्रेक फेल भई अनियन्त्रित रूपमा सडकमै पल्टिएको इलाका प्रहरी कार्यालय, ठिंगन मकवानपुरले जनाएको छ।

प्रारम्भिक विवरणअनुसार दुर्घटनामा परेका बारा जिल्ला, जितपुर–सिमरा उपमहानगरपालिका–१ निवासी ४० वर्षीय चालक विनोद माझी सकुशल प्रहरी सम्पर्कमा रहेका छन्।

दुर्घटनास्थल इलाका प्रहरी कार्यालय ठिंगनबाट करिब ८ किलोमिटर उत्तर पर्ने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा