काठमाडौँ । एमाले नेता महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा आक्रमणको प्रयास भएको छ ।
आज इटहरीमा आयोजित युवा संघ कोशी प्रदेशस्तरीय जनजागरण अभियानमा सहभागी हुन श्री एयरको उडानमार्फत विमानस्थल पुगेका बेला दुई युवाले बेलुनको लोला हानेका थिए ।
पक्राउ परेका युवाहरू विराटनगर–२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय संयोग गौतम रहेको प्रहरी स्रोतले पुष्टि गरेको छ । बस्नेत भने आफ्नो तोकिएको कार्यक्रमका लागि इटहरीतर्फ प्रस्थान गरिसकेका छन् । इटहरीमा दिउँसो १ बजे कार्यक्रम रहेको छ ।
प्रतिक्रिया