काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीसँग अदालतको अवहेलनामा लिखित जवाफ माग्ने आदेश गरेको छ ।
राजदूत फिर्ताको निर्णयमा अदालतको आदेश पालना नगरेको भन्दै उनीविरुद्ध परेको निवेदनमा सर्वोच्चले किन कारबाही नगर्ने भनी आदेश गरेको हो ।
अधिवक्ता डा. प्रेमराज सिलवालले अवहेलनामा कारवाही हुनुपर्ने भनी सर्वोच्चमा निवेदन पेश गरेका थिए । सोही निवेदनको सुनुवाइपछि न्यायाधीशहरू हरि फूयाल र अब्दुल अजिज मुसलमानको इजलासले आदेश गरेको हो ।
प्रतिक्रिया