+
Search

ताजा अपडेट +

पपुलर +

जनकपुरधाममा विवाहपञ्चमीको रौनकः आज माता सीताको मटकोर, भोलि स्वयंवर र विवाह महोत्सव

शब्द-यात्रा
२०८२ मंसिर ८, सोमबार

काठमाडौँ । विवाहपञ्चमी महोत्सव अन्तर्गत चौथो दिन तिलकोत्सव सम्पन्न भएको छ ।

आइतबार जनकपुरधामको राममन्दिर प्राङ्गणमा तिलकोत्सव विधि सम्पन्न गर्नुका साथै जानकी मन्दिरका छोटे महन्थ राम रोशन दास र राम मन्दिरका महन्थ राम गीरिले सम्धी मिलन गरेका छन् ।

तिलकोत्सवका लागि जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका महन्थ रामरोशन दास वैष्णवसहितको टोली राम मन्दिर पुगेका थिए । जानकी मन्दिरबाट फलफूल, मिष्ठान परिकार लगायतका सयौँ पाहुनाका साथ श्रद्धालुहरू राम मन्दिरको परिसरमामा आएर तिलकोत्सव कार्यक्रममा सहभागी भएका थिए ।

तिलकोत्सवको अवसरमा दुवै पक्षबीच सांगीतिक रूपमा मैथिली परम्परा अनुसार एक अर्कालाई गाली गरेर जिस्काएका थिए । अब आज विवाहपञ्चमीको पाँचौँ दिन माता सीताको मटकोर विधि हुनेछ । भोलि मंगलबार स्वयंवर र विवाह महोत्सव हुनेछ भने बुधबार अन्तिम दिन रामकलेवा गरेर अयोध्याबाट आएका बारातीहरूलाई बिदा गरी महोत्सव सम्पन्न हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा