काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जेन–जीको नाममा देशमा अस्थिरता र अराजकता बढ्दै गएको बताएका छन् ।
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत गठन गरिएको जनपरिचालन समितिको पहिलो बैठकलाई सोमबार काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो प्रवृत्तिको संगठित प्रतिरोध गर्नुपर्ने बताएका हुन् ।
देशमा अराजकता फैलाउने गतिविधिलाई सरकारले नै संरक्षण र प्रश्रय दिइरहेको उनको आरोप छ । अराजकतावादलाई प्रश्रय दिने गतिविधि खतरा बन्दै गएको बताउँदै उनले यस्तो प्रवृत्तिको संगठित प्रतिरोध गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया