काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुतिले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुने बताएका छन् ।
सोमबार काठमाडौँमा ‘वैज्ञानिक समाजवादी कार्यक्रम’ सार्वजनिक गर्दै उनले नेपालको भौगोलिक र सांस्कृतिक विविधतालाई संवोधन गर्न नसक्ने भएकोले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुने बताएका हुन् ।
‘नेपाल जस्तो भौगोलिक र सांस्कृतिक विविधता भएको मुलुकमा प्रत्यक्ष कार्यकारी आउँदा जेलेन्स्की जस्ताः पात्रहरूको उदय हुने निश्चित छ, त्यसैले यो मान्न सकिन्न ।’ आहुतिले भने ।
नेपालमा प्रचलित हालसम्मका सबै राजनीतिक व्यवस्थाहरू असफल भइसकेको ठहर गरी नेपाली विशेषता अनुसारको कार्यक्रम ल्याएको उनको दाबी छ । वर्तमान राजनीतिक प्रणालीले बहुसंख्यक श्रमिक, किसान, महिला र आदिवासी–जनजातिलगायतका उत्पीडित समुदायहरूको प्रतिनिधित्व सुनिश्चित गर्न नसकेको उनको भनाइ छ ।
प्रतिक्रिया