+
Search

ताजा अपडेट +

पपुलर +

हेटौँडामा सडक विस्तारबारे प्रसाईंको आपत्ति, घरमा बुलडोजर चलाउनु अन्यायपूर्ण भएको टिप्पणी

शब्द-यात्रा
२०८२ मंसिर १६, मंगलबार

काठमाडौँ । हेटौँडा बजार क्षेत्रमा जारी २५ मिटर सडक विस्तारको विषयमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारको शैली र मुआब्जा प्रक्रियाप्रति कडा आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले उचित क्षतिपूर्ति नदिई नागरिकका घरमा बुलडोजर चलाउनु अन्यायपूर्ण भएको टिप्पणी गरेका छन् ।

प्रसाईंले भारतमा रेल्वे ट्र्याक वा सडक विस्तारका क्रममा प्रभावित नागरिकलाई सरकारी दरभन्दा तीन गुणा बढी मुआब्जा दिइएपछि मात्र परियोजना अघि बढाइने प्रचलन रहेको स्मरण गराएका छन् । ‘त्यो उदाहरण पर्खनु पनि पर्दैन, छिमेकी भारतकै अभ्यास हेर्नुपर्छ, जहाँ नागरिकले राज्यको कामलाई स्वागत गर्छन्,’ उनले लेखेका छन् ।

तर नेपालमा भने यसको ठीक उल्टो अवस्था देखिएको भन्दै उनले सरकारलाई चेतावनीसमेत दिएका छन् ।

हेटौँडामा २५ मिटर सडक विस्तारलाई लिएर व्यापारी र स्थानीय बासिन्दाले निरन्तर आन्दोलन गरिरहेका बेला दुर्गा प्रसाईको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा