+
Search

ताजा अपडेट +

पपुलर +

आज विश्वासको मत लिँदै मुख्यमन्त्री सरोजकुमार यादव

शब्द-यात्रा
२०८२ मंसिर १७, बुधबार

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज दिउँसो मधेश प्रदेश सभामा विश्वासको मत लिँदै छन् ।

उनले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन भने पनि आफूले पत्र ढिलो प्राप्त गरेको र पत्र प्राप्त हुने बित्तिकै विश्वासको मत लिनुभन्दा पहिला प्रदेश सभामा जानकारी गराउनुपर्ने, पत्र दर्ता गर्नुपर्ने लगायतका कागजी कामहरू गरेकोले केही ढिलो हुन गएको बताए ।

उनले पत्र प्राप्त भएको समयदेखि २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने बताए । सोही अनुसार उनले आज विश्वासको मत लिने जानकारी दिए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा