+
Search

ताजा अपडेट +

पपुलर +

वडाध्यक्ष थापाको निधन

शब्द-यात्रा
२०८२ मंसिर १९, शुक्रबार

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका- ७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ ।

उहाँको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिए ।

वडाध्यक्ष थापाको निधनमा नगरपालिकाले शोक विज्ञप्ति जारी गरी पालिकाअन्तर्गतका वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय, संस्थागत तथा सामुदायिक विद्यालयमा आज बिदा दिएको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा