काठमाडौँ । यातायात व्यवस्था विभागले एक महिनामा २ हजार ४९१ थान अत्यावश्यक सवारी लाइसेन्स छापेको छ ।
तुरुन्तै सवारी लाइसेन्स आवश्यक परेका चालकले अनलाइन तथा भौतिक रूपमा आवेदन दिएपछि यस्तो लाइसेन्स छपाइ गरिने विभागले जनाएको छ ।
सुरक्षण मुद्रण केन्द्रबाट छापिएका उक्त सवारी लाइसेन्स विभागले आफ्नो फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत सार्वजनिक गरेको हो ।
गत कात्तिक २१ गते काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट सवारी लाइसेन्स छपाइ सुरु भएको थियो ।
प्रतिक्रिया