+
Search

ताजा अपडेट +

पपुलर +

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

शब्द-यात्रा
२०८२ मंसिर २४, बुधबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम टुङ्गो लागेको पार्टीको महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिनिधि व्यवस्थापन समितिको आजको बैठकले महाधिवेशनमा निर्वाचित, विशेष क्षेत्र र पदेन गरी दुई हजार १५४ प्रतिनिधि रहनेगरी टुङ्ग्याएको हो ।

समितिका संयोजक काशीनाथ अधिकारीका अनुसार पार्टीको केन्द्रीय सल्लाहाकार परिषद्का ३०९ जना सदस्यको पनि महाधिवेशनमा सहभागिता रहनेछ । उक्त सङ्ख्यासहित दुई हजार ४६३ जना महाधिवेशनको हलमा रहनेछन् । समितिले प्रतिनिधिहरूको परिचयपत्र छपाइको कार्य सुरु गरिसकेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा