काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य एकै दिन ३५ सय रुपैयाँले उकालो लागेको छ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघका अनुसार बिहीबार २ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन शुक्रवार बढेर प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँ पुगेको छ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला ३ हजार ८०५ रुपैयाँ रहेको चाँदी शुक्रवार १०० रुपैयाँले बढेर ३ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया