काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीतिमा अब युवाहरुको दबदबा बढ्दै जाने दाबी गरेका छन्।
राष्ट्रिय युवा परिषद्ले शुक्रबार आयोजना गरेको ‘सामाजिक जवाफदेहिता: मिडिया र युवा संवाद’ कार्यक्रममा बोल्दै उनले युवाको राजनीतिक उपस्थितिलाई अब रोक्न नसक्ने स्पष्ट संकेत दिए।
मन्त्री खरेलका अनुसार यदि राजनीति नीतिहरुको राजा हो भने राजनीतिक दलहरूले समावेशिता, ३३ प्रतिशत महिला प्रतिनिधित्व र युवाको अनिवार्य सहभागितालाई प्राथमिकतामा राख्नै पर्छ। उनले राजनीतिक दलहरू युवालाई नेतृत्वमा ल्याउन बाध्य भएको उल्लेख गर्दै, धेरै नेता ‘घाटमा जाने बेलासम्म पनि आफू नै नेता, अध्यक्ष र प्रधानमन्त्री बन्ने चाहना राख्ने’ कटाक्ष गरे।
उनले यो परिवर्तन ‘रहरले होइन, बाध्यताले आएको’ भन्दै देशको वर्तमान अवस्थाले युवा राजनीति र नेतृत्वमा उज्यालो भविष्य देखाइरहेको टिप्पणी गरे।
प्रतिक्रिया