+
Search

ताजा अपडेट +

पपुलर +

शानदार प्रदर्शन गर्दै ५४ बलमै लुम्बिनीले जित्यो एनपिएलको उपाधि

शब्द-यात्रा
२०८२ मंसिर २७, शनिबार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा लुम्बिनी लायन्सले शानदार प्रदर्शन गर्दै पहिलो पटक उपाधि जितेको छ।

शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको फाइनलमा लुम्बिनीले सुदुरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै ९ ओभर (५४ बल) मै लक्ष्य पूरा गर्‍यो। यससँगै सुदुरपश्चिम लगातार दोस्रो फाइनलमा स्तब्ध बन्यो।

टस हारेर ब्याटिङ गरेको सुदुरपश्चिम लुम्बिनीका कसिला बलर सामु निरीह देखिँदै ८५ रनमै अलआउट भयो। कप्तान रोहित पौडेलले ह्याट्रिकसहित महत्वपूर्ण विकेट झार्दा शेर मल्ल र रुवेन ट्रम्पलमेनले ३–३ विकेट लिए। तिलक भण्डारीले १ विकेट हात पारे।

सुदुरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए। कप्तान दिपेन्द्र सिंह ऐरीले १३ रन जोड्दा हर्मित सिंह र स्कट कुगलिनले १०–१० रन बनाए। अन्य खेलाडी दोहोरो अंकमा पुग्न सकेनन्।

८६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले ६६ बल बाँकी रहँदै २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। दिनेश अधिकारीले १३ बलमा ५ छक्का र १ चौकासहित ४२ रनको विस्फोटक इनिङ खेले। डार्सी सर्टले १४ रन बनाए। कप्तान रोहित पौडेल १६ रनमा आउट भए पनि उनी प्रतियोगिताका सर्वाधिक रन बनाउने नेपाली खेलाडी बने। उनले १० इनिङमा कुल २७६ रन प्रहार गरे।

गत सिजन अंकतालिकाको पुछारमा रहेर बाहिरिएको लुम्बिनीले दोस्रो संस्करणमा दमदार पुनरागमन गर्दै उपाधि चुम्न सफल भयो।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा