काठमाडौँ । नेकपा एमालेको बन्दसत्र आज दिउँसो ३ बजेदेखि भृकुटीमण्डपमा सुरु हुने भएको छ ।
केन्द्रीय समिति बैठक बस्न ढिला भएपछि यसअघि आइतबार बिहानैदेखि हुने भनिएको बन्दसत्र पनि ढिलाइ हुन पुगेको थियो ।
केन्द्रीय समिति बैठकले पदाधिकारीसहित केन्द्रीय समितिको सङ्ख्या ३०१ सदस्यीय हुने टुङ्गो लगाएको हो । सोहीअनुसार अब बन्द सत्रमा प्रस्ताव पेस हुनेछ ।
प्रतिक्रिया