+
Search

ताजा अपडेट +

पपुलर +

एनआरएनएको १२औँ महाधिवेशन फागुन ११ देखि १३ गतेसम्म हुने

शब्द-यात्रा
२०८२ मंसिर २९, सोमबार

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशन आगामी फागुन ११ देखि १३ गतेसम्म हुने भएको छ ।

एनआरएनएको एकतापछि आइतबार बसेको ‘स्टेरिङ’ समितिको बैठकले एकता महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको हो ।

सङ्घका महासचिवद्वय गौरीराज जोशी र बीआर लामाले संयुक्त विज्ञप्ति जारी गरी ‘स्टेरिङ कमिटी’ले महाधिवेशनको तयारीलाई तीव्रता दिँदै मिति घोषणा गरेको जानकारी दिएका छन् । उक्त बैठकले महाधिवेशनको मिति तय गर्नुका साथै साङ्गठनिक एकता र आन्तरिक व्यवस्थापनका लागि विभिन्न निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा