काठमाडौँ । नेकपा एमालेको प्रचारप्रसार विभाग प्रमुख रहेका नेता राजेन्द्र गौतमले उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्।
ओली प्यानलमा नपरेपछि ११ औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका गौतमले उम्मेदवारी फिर्ता लिएका हुन्।
नेकपा एमालेमाथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहँदा पार्टी र पार्टी नेतृत्वको रक्षाका लागि आफूले उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।
प्रतिक्रिया