काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर–७ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट १९ उम्मेदवार सिफारिस भएका छन् ।
क्षेत्रीय समितिका अनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फ १० जनाको नाम सिफारिस भएको छ ।
प्रत्यक्षतर्फ सिफारिस भएकामा नेविसंघका पूर्वमहामन्त्री सरोजकुमार थापा, पूर्वउपाध्यक्ष प्रमोदहरि गुरागाईं, विनोद पन्त, सबिन तामाङ, पुनम लामा, सुशील भट्ट, धर्मराज अर्याल, नीलकाजी शाक्य, सुरेन्द्र श्रेष्ठ, अन्जुसिंह चौधरी, दक्ष पौडेल, दिवा शिवाकोटी, गीता न्यौपाने, गोविन्दप्रसाद शर्मा, इन्द्रलाल सिंह, प्रशान्तमान सिंह मास्के, राजीव श्रेष्ठ, डा. रामशरण थपलिया र शर्मिला फुयाँल रहेका छन् ।
त्यस्तै, समानुपातिकतर्फ प्रमिलादेवी सिंह डंगोल, विजयबहादुर माली, वासुदेव लामा, कमला राजभण्डारी, अन्जना मास्के, मनोज राना, सरला कोइराला आचार्य, डा. शशी थापा, सिर्जना लामिछाने र हेराकाजी प्रजापतिको नाम सिफारिस भएको छ ।
प्रतिक्रिया