+
Search

ताजा अपडेट +

पपुलर +

निर्वाचन फागुन २१ मै हुनुपर्छ, हामी आतुर छौं: शेखर कोइराला

शब्द-यात्रा
२०८२ पुष ४, शुक्रबार

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तोकिएको मितिमै प्रतिनिधि सभा निर्वाचन हुनुपर्ने स्पष्ट पारेका छन्। उनले फागुन २१ गते नै निर्वाचन हुनैपर्ने जोड दिए।

मोरङको सुन्दरहरैंचा नगरपालिका–४ मा स्थानीय नेताहरूसँगको भेटमा कोइरालाले पार्टी कार्यकर्तालाई निर्वाचनको तयारीमा जुट्न आग्रह गरे। प्रजातन्त्रको आधार निर्वाचन भएकाले नेपाली कांग्रेस निर्वाचनमा जान आतुर रहेको उनले बताए।

‘संविधान जोगाउने र मुलुकलाई संक्रमणबाट बाहिर निकाल्ने काम निर्वाचनले मात्रै गर्न सक्छ,’ उनले भने, ‘हामी निर्वाचनको मिति कुरेर बसेका छौँ, तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका पनि देखिएको छ।’

कोइरालाले सरकारले निर्वाचनको अनुकूल वातावरण बनाउन नसकेको आरोप लगाए। ‘दलका केही नेताहरूलाई काठमाडौं बाहिर जान दिइएको छैन, लुटिएका हतियार अझै बाहिर छन्, कैदीहरू पनि बाहिर छन्,’ उनले भने, ‘यी विषयमा सरकारले के सोचिरहेको छ?’

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा