काठमाडौँ । माइतीघरमा आन्दोलनका लागि भेला भएका डा. निकोलस भुसालसहित केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा र सर्वपक्षीय सरकार गठनलगायतका माग राख्दै मिराज ढुंगानासहितका जेन–जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ ।
प्रशासनको अनुमतिविना कार्यक्रम गरिएको भन्दै प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएको छ । प्रहरी र आन्दोलनकारीबीच धकेलाधकेलसमेत भएको छ ।
प्रतिक्रिया