+
Search

ताजा अपडेट +

पपुलर +

ओली लक्षित प्रधानमन्त्रीको टिप्पणी- कानुन मान्छे समाएर टुँडिखेलमा गोली हान्ने कुरा होइन

शब्द-यात्रा
२०८२ पुष ७, सोमबार

काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै कानूनको दायरामा रहेर मात्र अनुसन्धान र कारबाही हुने स्पष्ट पारेकी छन्।

सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले राजनीतिक नारा र दलगत गीतले देश अघि नबढ्ने भन्दै विकास र उन्नति नै सरकारको प्रमुख लक्ष्य भएको बताइन्। उनले कानूनको नाममा प्रतिशोध वा मनपरी गर्न नहुने उल्लेख गरिन्।

ओलीप्रति संकेत गर्दै उनले अनुसन्धान आवश्यक परे पक्राउ गर्ने व्यवस्था कानूनमै रहेको बताइन्। तर, ‘मान्छेलाई समाएर टुँडिखेलमा गोली हान्ने कुरा होइन, कानूनका आफ्नै प्रक्रिया र समय हुन्छन्,’ उनले भनिन्।

जेनजी आन्दोलन र त्यस क्रममा भएका घटनाका विषयमा तत्कालीन सरकार प्रमुख (प्रधानमन्त्री) ओलीको बयान लिनुपर्ने प्रसंग उठेका बेला ओलीले ‘आफूलाई समाए गोली हाने स्वीकार्य हुने, तर बयान नदिने’ आशयको अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा