काठमाडौँ । प्रहरी वृत्त गौशालाका प्रमुख तथा डीएसपी (प्रहरी नायव उपरीक्षक) प्रकाश श्रीमललाई मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको छ ।
नागरिकलाई अनभूति गराउने गरी अपराध अनुसन्धान तथा सुरक्षामा उत्कृष्ट काम गरेको भन्दै उनलाई ‘पुलिस अफ द मन्थ’ घोषणा गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले उनलाई प्रशंसापत्र प्रदान गरेका छन् । श्रीमलले २३ पटकसम्म चोरीमा मुद्दा चलेका दीपक गुजेरललाई पक्राउ गरेका थिए ।
प्रतिक्रिया