काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेद्र साह (बालेन) ले आफ्नै नेतृत्वमा नयाँ पार्टी बनाएर आगामी चुनावमा जाने तयारी गरेको बुझिएको छ ।
चुनाव नजिकिँदै जाँदा बालेन नयाँ पार्टी खोल्ने मुडमा देखिएका हुन् ।
स्रोतका अनुसार बालेनले पूर्वविवेकशील पार्टीका व्यक्तिसँग छुट्टाछुट्टै कुराकानीसमेत गरेका छन् । उनले बुधबार दिउँसो २ बजेदेखि नै ललितपुरको ज्वागलमा मिलन पाण्डे, रमेश पौडेल, जेनजी प्रतिनिधि रक्षा बम, सीके राउत, रेशम चौधरी, सुरजसिंह ठकुरी, सम्भव सिरोहिया, ऋषि धमला, निश्चल बस्नेत र सरोज गौतमलगायतसँग कुराकानी गरेका हुन् ।
यसअघि रास्वपा सभापति रवि लामिछानेसँग छलफल गरेका बालेनले त्यहाँ कुरा नमिलेपछि निर्वाचन आयोगमा दर्ता भएको देश विकास पार्टीको नेतृत्व गरेर जाने स्रोतले बताएको छ । बालेनको पार्टीको चुनाव चिह्न (लौरो) रहने बताइएको छ।
प्रतिक्रिया