काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह र उज्यालो नेपाल पार्टीका संरक्षक तथा मन्त्री कुलमान घिसिङबीच विशेष छलफल भएको छ ।
बिहीबार बिहान उनीहरूबीच आगामी निर्वाचनमा सहकार्यबारे छलफल भएको बताइएको छ ।
छलफलका क्रममा चुनावमा सहकार्य गरेर जानेबारेमा सकारात्मक कुराकानी भएको बताइएको छ ।
स्रोतका अनुसार बालेनले पूर्वविवेकशील पार्टीका व्यक्तिसँग छुट्टाछुट्टै कुराकानीसमेत गरेका छन् । उनले बुधबार दिउँसो २ बजेदेखि नै ललितपुरको ज्वागलमा मिलन पाण्डे, रमेश पौडेल, जेनजी प्रतिनिधि रक्षा बम, सीके राउत, रेशम चौधरी, सुरजसिंह ठकुरी, सम्भव सिरोहिया, ऋषि धमला, निश्चल बस्नेत र सरोज गौतमलगायतसँग कुराकानी गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र बालेनबीच आज पुनः भेटवार्ता हुँदै छ । स्रोतका अनुसार बालेनलाई भेट्न रवि ललितपुरको कुपण्डोल जाँदै छन् ।
प्रतिक्रिया