काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूहरूले अघि सारेको सर्वपक्षीय सरकारको माग सम्बोधन भए सडक संघर्षमा जाने चेतावनी दिएका छन् ।
नवौँ केन्द्रीय समितिको चौथौ विशेष बैठकलाई सम्बोधन गर्दै उनले १३ बुँदे माग राखृेको बताएका छन् ।
उनले सर्वपक्षीय सरकारको मागबाट आफूहरू पछि नहट्ने भन्दै शान्तिपूर्ण आन्दोलन गर्ने बताए । उनले भने, ‘हामी १० दिन कुर्छौँ, यदि बेवास्ता गरियो भने जनता र जेनजीको समर्थनमा आन्दोलन सुरु गर्नेछौँ ।’
प्रतिक्रिया