+
Search

ताजा अपडेट +

पपुलर +

आज पहिलोपटक बालुवाटार जाँदै ओली, देउवा र प्रचण्ड, प्रधानमन्त्री कार्कीले छलफलमा बोलाइन्

शब्द-यात्रा
२०८२ पुष १२, शनिबार

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज (शनिबार) प्रमुख तीन दलका तीन शीर्ष नेतासँग छलफल गर्दै छिन्।

प्रधानमन्त्रीका प्रेस संयोजकका अनुसार निर्वाचनका विषयमा छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई आज प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बोलाइएको छ।

‘छलफल दिउँसो ३ बजे बालुवाटारमा हुनेछ । जेनजी आन्दोलनपछि नेताहरू पहिलोपटक आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाँदै छन् । प्रधानमन्त्री बनेपछि कार्कीले पहिलोपटक बालुवाटारमा शीर्ष नेतासँग छलफल गर्न लागेकी हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा