काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संसदीय राजनीतिमा भाग लिने भएका छन् ।
रास्वपासँगको ७ बुँदे सहमतिअनुसार उनले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिने तय भएको छ ।
सो निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ताको कार्यसूची रहेको छ । रास्वपासँगको सहमतिअनुसार बालेन रास्वपा संसदीय दलको नेता हुने र प्रधानमन्त्रीको उम्मेदवारी बन्ने सहमतिअनुसार बालेनले निर्वाचनमा भाग लिनुपर्ने छ ।
तर, निर्वाचनमा भाग लिनका लागि उनले काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिनुपर्ने हुन्छ । प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ताअगाडि स्थानीय तह वा प्रदेश तहको जनप्रतिनिधि हो भने राजीनामा दिनुपर्ने कानुनी प्रावधान छ । त्यसका लागि उनले माघ ६ गते नै वा त्यसभन्दा अघि राजीनामा दिइसक्नुपर्ने निर्वाचन आयोग स्रोतले बतायो । निर्वाचन आयोगले प्रत्यक्षतर्फको मनोनयनको मिति माघ ६ गते राखेको छ ।
बालेनको राजीनामा आएसँगै नियमानुसार सुनिताको नेतृत्वमा महानगर आउने छ । उनले राजीनामा दिएपछि उपमेयर सुनिता डंगोलले काठमाडौँ महानगरपालिकाको कार्यवाहक नेतृत्व सम्हाल्नुपर्नेछ ।
प्रतिक्रिया