काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा बालेन शाहको भागमा ४० जना पर्ने भएका छन् ।
पार्टी सभापति रवि लामिछाने र बालेनबीच आइतबार बिहान भएको सहमतिमा शाहको भागमा ४० जना पर्ने र बाँकी ७० जना रास्वपाका हुने छन् ।
रास्वपा र बालेनबीच आइतबार बिहान भएको ७ बुँदे सम्झौतामा यो विषय उल्लेख नभए पनि यसबारे मौखिक समझदारी भएको बालेन निकट स्रोतले बताएको छ ।
निर्वाचन आयोगमा आज र भोलि समानुपातिक निर्वाचन प्रणालीतर्फका ११० जनाको नाम बुझाउनुपर्छ ।
प्रतिक्रिया