+
Search

ताजा अपडेट +

पपुलर +

पाँच महिनामा ४ खर्ब ९ अर्ब ७८ करोड राजस्व संकलन

शब्द-यात्रा
२०८२ पुष १५, मंगलबार

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८२–८३ को पाँच महिनामा ४ खर्ब ९ अर्ब ७८ करोड राजस्व संकलन गरेको छ ।

चालु वर्षको मंसिर मसान्तसम्मको कर राजस्व ३ खर्ब ८२ अर्ब २३ करोड उठेको छ भने गैरकर राजस्व २४ अर्ब ७ करोड र विविध प्राप्ति ३ अर्ब ४७ करोड सरकारले आम्दानी गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

घरजग्गाका कित्ताकाट खुलिसकेको र शेयर कारोबारमा पनि सुधारको संकेत देखिएकाले आगामी दिनमा राजस्व बढ्ने अर्थ मन्त्रालयको विश्वास छ । अर्थ मन्त्रालयका अनुसार आशन्न निर्वाचनमा हुने खर्च र पुनर्निर्माणमा गरिने खर्चले पनि राजस्व वृद्धिमा सहयोग पुर्‍याउने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा