+
Search

ताजा अपडेट +

पपुलर +

बर्दियामा बाघको आक्रमणबाट बालिकाको मृत्यु

शब्द-यात्रा
२०८२ पुष १५, मंगलबार

काठमाडौँ । बर्दियामा बाघको आक्रमणमा परी मधुवन नगरपालिका– २ की १७ वर्षीया विनिता परियारको मृत्यु भएको छ ।

घरनजिकको कोठिया सामुदायिक वनमा घाँस काट्न गएका वेला बाघको आक्रमणबाट परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

मंगलबार दिउँसो १ बजेको समयमा कोठिया सामुदायिक वनमा बाघले आक्रमण गरेर परियारलाई जंगलतर्फ लगेको थियो । प्रहरीले परियारलाई वनभित्र १ः४० बजे फेला पारेर बर्दिया अस्पताल पठाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा