+
Search

ताजा अपडेट +

पपुलर +

नेपाललाई ‘युक्रेन’ बनाउने प्रयास भइरहेको छः झलनाथ खनाल

शब्द-यात्रा
२०८२ पुष १७, बिहीबार

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाललाई ‘युक्रेन’ बनाउने योजनाबद्ध प्रयास भइरहेको बताएका छन् ।

अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले अन्तरराष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देशभित्रका उनीहरूका दलालहरूले नेपाललाई युक्रेन बनाउने प्रयास गरिरहेको आशंका गरेका हुन्।

उनले समस्त कम्युनिष्ट, वामपन्थी, प्रगतिशील, देशभक्त र लोकतन्त्रप्रेमी शक्तिहरूबीच राष्ट्रिय एकताको आह्वानसमेत गरेका छन्।

‘हामी सबैलाई थाहा छ आज देश बहुआयामिक संकटबाट गुज्रिरहेको छ। अन्तरराष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देशभित्रका उनीहरूका दलालहरू नेपाललाई ‘युक्रेन’ बनाउन योजनाबद्ध ढंगले लागेका छन्,’ खनालले सन्देशमा भनेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा