काठमाडौँ । नेपाली कांग्रेसमा जारी महाधिवेशन विवाद थप चर्किदै गएको छ ।
जारी विवादबारे धारणा तय गर्न डा शेखर कोइराला पक्ष छलफलमा जुटेको छ । विशालबजारस्थित कोइरालाको सचिवालयमा यो समूहको बैठक जारी छ ।
छलफलमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू बलबहादुर केसी, मिनेन्द्र रिजाल, सञ्जय गौतम, डा गोविन्द पोखरेल, सरिता प्रसाईँसहित ४० भन्दा बढी केन्द्रीय सदस्य सहभागी छन् ।
प्रतिक्रिया