काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको बन्दसूचीबाट डा. अरनिको पाँडेले पनि आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् ।
आफू सधैँ देश र समाजलाई सबैभन्दा ठूलो योगदान दिनसक्ने बाटो खोज्ने र रोज्ने बताउँदै पाँडेले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् नाम फिर्ताबारे जानकारी गराएका हुन् ।
पाँडेको नाम फिर्ता घोषणासँगै रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिनेहरूको संख्या ६ पुगेको छ । यसअघि आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आसिफ साह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका थिए ।
प्रतिक्रिया