+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्ड लगत्तै आरजु राणा पनि दिल्ली प्रस्थान

शब्द-यात्रा
२०८२ पुष २१, सोमबार

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत गएलगत्तै नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवा दिल्ली प्रस्थान गरेकी छन्।

भारत भ्रमणका क्रममा प्रचण्डले राजनीतिक भेटघाट पनि गरेका छन्। उनले भारत सरकारका सुरक्षा सल्लाहकार अजीत डोभलसँग भेटघाट गरेको जनाएको छ । उनी आज साँझ स्वदेश फर्किँदै छन्।

त्यस्तै, कांग्रेस नेत्री आरजु राणा सोमबार अपराह्न २ बजे काठमाडौँबाट दिल्ली प्रस्थान गरेकी छन्। उनको भारत भ्रमणका विषयमा खुलाइएको छैन । यसअघि आइतबार प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा सुवेदी पनि उपचारका लागि भन्दै दिल्ली गएका छन् । गत साता पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि दिल्ली पुगेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा