काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई)ले चुनाव लड्ने घोषणा गरेका छन्।
उनले सुनसरीको क्षेत्र नम्बर १ बाट चुनाव लड्नेबारे बुधबार सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
उनले लेखेका छन्– ‘म सुनसरी क्षेत्र नं १ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु । जय माटो । जय देश ।’ यसअघि ०७९ सालको निर्वाचनमा जनता समाजवादीका नेता अशोककुमार राई राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई ४५३ मतले पराजित गरी सुनसरी १ बाट विजयी भएका थिए।
प्रतिक्रिया