काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकता भएको छ ।
दुई पार्टीबीच फागुन २१ को निर्वाचनमा सहकार्य तथा पार्टी एकताको प्रक्रिया अघि बढाउने गरी चार बुँदे सहमति भएको हो ।
सहमति पत्रमा राष्ट्रिय परिवर्तन पार्टीका उपाध्यक्ष दिनेशचन्द्र खनाल र प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट निर्वाचन परिचालन तथा वार्ता संवाद समितिका संयोजक जनार्दन शर्माले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया