+
Search

ताजा अपडेट +

पपुलर +

जर्सिङपौवा बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या पाँच पुग्यो

शब्द-यात्रा
२०८२ पुष २४, बिहीबार

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–३, लप्सीफेदीस्थित जर्सिङपौवा बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

जर्सिङपौवा–साँखु सडकखण्डमा बुधबार राति भएको बस दुर्घटनामा मृत्यु हुनेमा कोहलपुर नगरपालिका–५ का ४९ वर्षीय कामना शर्मा, ताप्लेजुङको पाथिभरा–५ की ५१ वर्षीया इन्दिरा लिम्बू, सिरहा स्थायी घर भएकी ५५ वर्षीया शान्ती गुप्ता, पाँचथरका ६५ वर्षीय देबेन्द्र लिम्बू र जोरपाटीका ५५ वर्षीय अर्जुन लामिछाने छन् ।

बुधबार जर्सिङपौवाबाट पिकनिक गएर साँखुतर्फ फर्किने क्रममा महानगर यातायातको बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको थियो ।

बस दुर्घटनामा ३३ जना घाइते भएका थिए । २३ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा