काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका १० एसपीको एसएसपीमा बढुवा सिफारिस गरेको छ।
मन्त्रालयको बढुवा समिति सचिवालयको बुधबार बसेको बैठकले १० एसपीको एसएसपीमा बढुवा सिफारिस गरेको हो ।
रामप्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले, श्यामसिं चौधरी, नकुल पोखरेल, दिलिप घिमिरे, पदमबहादुर विष्ट, योगेन्द्रसिंह थापा र सुवासचन्द्र बोहरा बढुवा सिफारिस भएका छन् ।

प्रतिक्रिया