काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले प्रदेश तहका जिल्लाहरूमा इन्चार्ज तोकेको छ ।
पार्टीको साङ्गठनिक सुदृढीकरणका लागि एमालेले गण्डकीका ११ मध्ये १० जिल्लामा जिल्ला इन्चार्ज तोकेको हो ।
गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी खगराज अधिकारीलाई दिएको छ । कास्कीमा कृष्ण थापा, तनहुँमा केदार सिग्देल, गोरखामा रामशरण बस्नेत र स्याङ्जामा सीमा क्षत्रीलाई इन्चार्ज तोकिएको छ । यस्तै, बागलुङमा मना केसी, पर्वतमा पदम गिरी, म्याग्दीमा थममाया थापा, मुस्ताङमा चन्द्रमोहन गौचन, नवलपुरमा तिलक महत र लमजुङमा जमिन्द्रमान घलेलाई जिल्ला इन्चार्जको रूपमा खटाइएको छ ।
प्रतिक्रिया