+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपाले एकतर्फी रूपमा पार्टी एकता तोड्यो : कुलमान

शब्द-यात्रा
२०८२ पुष २६, शनिबार

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एकतर्फी रूपमा पार्टी एकता भंग गरेको आरोप लगाएका छन्। रास्वपा र उज्यालो नेपाल पार्टीबीच भएको एकता १२ दिनमै तोडिएको भन्दै उनले यसप्रति गहिरो दुःख व्यक्त गरे।

एकता भंग भएपछि घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन्। शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरू अत्यन्तै लचक भएर अघि बढ्दा पनि संघीयता, समावेशिता र आफ्ना केही साथीहरूको समायोजनका विषयमा सहमति हुन नसकेको बताए।

घिसिङका अनुसार रास्वपाले एकतर्फी निर्णय गर्दै एकता तोडेको हो। “उहाँहरूले एकतर्फी रूपमा एकता तोड्नुभयो, त्यसैले हामी पनि आफ्नै बाटोमा अघि बढ्ने तयारीमा लागेका छौँ,” उनले भने। उनले आगामी दिनमा देशभर आफ्ना उम्मेदवार उठाउने समेत स्पष्ट पारे।

पदको बार्गेनिङ गरिएको भन्ने सञ्चारमाध्यममा आएका खबरहरू असत्य रहेको दाबी गर्दै घिसिङले आफू साधारण सदस्य भएर बस्नसमेत तयार रहेको बताए। “हाम्रा साथीहरूले कुनै ठूलो माग राखेका थिएनन्। पदको ठूलो बार्गेनिङ गरियो भन्ने कुरा गलत हो,” उनले भने, “म आफैँ उपाध्यक्ष भएर पनि वरियतामा तल रहेर सहेर गएको हुँ। साधारण सदस्य भएर बस्न पनि म तयार थिएँ, केवल हाम्रा केन्द्रीय सदस्य साथीहरूलाई समायोजन गरिनुपर्छ भन्ने मात्र कुरा थियो। त्यो ठूलो विषय थिएन।”

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा