+
Search

ताजा अपडेट +

पपुलर +

राप्रपाको चियापान समारोहमा सहभागी भइन् प्रधानमन्त्री

शब्द-यात्रा
२०८२ पुष २७, आइतबार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी छन्।

३०४ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री कार्की केही बेरअघि पुगेकी हुन्।

राप्रपाले आधुनिक नेपालको एकीकरणका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा चियापानसहित विविध कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष कमल थापालगायत पार्टीका शीर्ष नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको छ।

राप्रपाले हरेक वर्ष पृथ्वीजयन्तीको अवसरमा चियापान कार्यक्रम आयोजना गर्दै आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा