काठमाडौँ । भक्तपुरको सुर्यविनायक नगरपालिका–१० स्थित हनुमन्ते खोलाको किनारामा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् ।
सोमबार बिहान इँट्टाभट्टा नजिकै खोला किनारमा ४३ वर्षीय धनबहादुर बुढा मृत अवस्थामा भेटिएका हुन् ।
मृत भेटिएका बुढा रोल्पाको लुङ्ग्रे गाउँपालिका–७ का स्थानीय हुन् । उनी इँट्टाभट्टामा काम गर्दै आएका थिए । घटनाबारे प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया